१४ वर्षीया बालिकालाई बलात्कार गरेका आरोपित लालबन्दी नगरपालिका-१४ का २७ वर्षीय बुधीराम लामालाई इलाका प्रहरी कार्यालय लालबन्दीले ०८२ वैशाख १८ गते गिरफ्तार गरेको छ ।
घरमा कोही नभएको मौका छोपी आरोपितले ०८१ चैत २८ गते पीडित बालिकालाई धाक धम्की दिई बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय लालबन्दीमा ०८२ वैशाख १६ गते उजुरी दिनु भयो ।
आरोपित लामालाई गिरफ्तार गरी वैशाख १९ गते सर्लाही जिल्ला अदालतबाट तीन दिनको म्याद थप गराई अनुसन्धान प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी सरोज राईले जानकारी दिनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १७ गते प्रादेशिक अस्पताल मलंगवामा भयो ।