INSEC Online

📅 २०८३ जेष्ठ २१

हातपात गर्ने अधिकृतमाथि कार्वाहीको माग गर्दै मुख्यमन्त्री र मन्त्रीलाई निवेदन

लुम्बिनी प्रदेश वन मन्त्रालय भालुवाङमा कार्यरत आठौ तह अधिकृत घोराही उपमहानगरपालिका–१५ का ४० वर्षीय दुर्गा खत्रीले हातपात तथा दुव्र्यवहार गरेको भन्दै डिभिजन बन कार्यालय बाँकेमा कार्यरत नेपालगञ्ज उपमहानगरपालिका–१८ का ५० वर्षीय हलुका सवारी चालक कर्णबहादुर गुरुङले कार्वाहीको माग गर्दै मुख्ममन्त्री चेतनारायण आचार्य र वन मन्त्री देवकरणप्रसाद कलवारलाई ज्ञापनपत्र बुझाउनु भएको छ ।

मन्त्रालयको कार्यक्रमपछि वैशाख १५ गते साँझ सामूहिक रुपमा खानपिन चलिरहेको बेला अधिकृत खत्रीले दुर्व्यवहार गर्दै हातपात गर्दा मुखमा चोट लागेको र भालुवाङ अस्पतालमा उपचार गरिएको पीडित गुरुङले बताउनु भयो । श्रेणीविहिन कर्मचारी भएपनि आत्मसम्मान हुने भन्दै मादक पदार्थ सेवन गरी दुर्व्यवहार गर्नेलाई कारवाही गर्नुपर्ने पीडितको माग छ । वन मन्त्रालय अन्तर्गतका विभिन्न २१ ओटा विभागका हल्का सवारी चालकहरूले सामूहिक रूपमा निवेदन दिएका हुन् । आरोपित खत्रीले सामूहिक खानपिनका क्रममा मादक पदार्थ सेवन गरी आएको र आफूमाथि नै दुर्व्यवहार गर्न लागेपछि प्रतिकार गरेको बताउनु भयो ।

पीडित सवारी चालकहरूले दिएको ज्ञापनपत्रको विषयमा मन्त्रालयले दुवै पक्षबिच छलफल गराउने प्रयास गरेको मन्त्रालयले जनाएको छ । पीडितले सबैसामु आफूमाथि हातपात र दुर्व्यवहार गरेकाले सामूहिक रुपमै माफि माग्नुपर्ने अडान लिनुभएको छ । एउटै मन्त्रालय अन्तर्गत कर्मचारी भएकाले आन्तरिक रुपमै मिलापत्र गराउने प्रयास भइरहेको पीडित पक्षले जनाएको छ ।

अन्य

भिडियो