INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेर आरोपमा शिवराज नगरपालिका–२ का २२ वर्षीय सन्तोष बुढालाई प्रहरीले ०८२ वैशाख १६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १६ गते इलाका प्रहरी कार्यालय, चन्द्रौटामा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख १५ गते भिम अस्पताल, भैरहवामा भयो ।

अन्य

भिडियो