सङ्क्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलममलाप आयोगको अध्यक्ष तथा सदस्यहरुको नियुक्तिको लागि गठित सिफारिसले ३४ जना नामको संक्षिप्त सूची प्रकाशित गरेको छ ।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिस समितिले दुई आयोगमा आठ जना अध्यक्षहरूको नामावली सार्वजनिक गरेको हो ।
समितिको ०८२ वैशाख १४ गते बसेको बैठकले आयोगको पदाधिकारीका लागि ३४ जनाको सर्ट लिस्ट छनोट गरेको हो ।
नेपाल सरकार कानुन न्याय तथा संसदीय मन्त्रालयको वेवसाइटमा प्रकाशित सुचिअनुसार अग्नीप्रसाद थपलिया, अच्युतप्रसाद भण्डारी, डिल्लीराज आचार्य, महेश थापा, लिलादेवी गड्तौला, विजयसिंह सिंजापति, विश्वराज कोइराला र शेरबहादुर केसीको नाम अध्यक्षका लागि सर्टलिस्टमा परेको छ ।
त्यस्तै सदस्यहरुमा कविता पाँडे, कुमारी कौशल्या ओझा, कुलप्रसाल शर्मा, कृष्णप्रसाद पौडेल, कृष्णप्रसाद सुवेदी, गोपाल नाथ योगी, गोपाल प्रसाद लम्साल, टीका प्रसाद ढकाल, नरेन्द्र कुमार केसी, नलवकिशोर यादव, नागेन्द्रलाल कर्ण, पदमबहादुर शाही, ब्रहमदेव राय यादव, डा. मानबहादुर विश्वकर्मा, राजुप्रसाद चापागाई, रामकुमार आचार्य, रामकान्त तिवारी, रेश्मा थापा, विनिता नेपाली, विनोदमोहन आचार्य, विरेन्द्रप्रसाद थपलिया, शोभाकर बुढाथोकी, श्रृजना पोखरेल, सन्तोषबाबु सिग्देल, सुबोधराज प्याकुरेल र प्रा.डा. हेमराज सुवेदी रहेका छन् ।