आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका–५, पडरिया घरभइ साइकलमा साइसक्रीम बेच्दै हिँड्ने ४२ वर्षीय अनवर नाउँ मुसलमानलाई प्रहरीले ०८२ वैशाख १२ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले वैशाख १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले वैशाख १२ गते इलाका प्रहरी कार्यालय, पिपरामा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख १२ गते कपिलवस्तु अस्पताल, तौलिहवामा भयो ।