१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले शिवराज नगरपालिका–९ का ८६ वर्षीय तिर्थ पुनलाई वैशाख १० गते गिरफ्तार गरेको छ ।
पीडितलाई युवतीलाई आरोपितले वैशाख ९ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले वैशाख १० गते वडा प्रहरी कार्यालय, चनद्रौटामा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख १० गते कपिलवस्तु अस्पताल, तौलिहवामा भयो ।