तुलसीपुर उपमहानगरपालिका–१, देविस्थान बयलडाँडाकी ५० वर्षीया सावित्रा केसीलाई हत्या गरेको आरोपमा प्रहरीले पति ५१ वर्षीय शेरबहादुर केसीलाई गिरफ्तार गरेको छ ।
घरमै सुतेकी सावित्रा वैशाख ९ गते बिहान मृत अवस्थामा भेटिएपछि मृतकका भाइ होताराम वलीले घटना शंकास्पद भएको भन्दै इलाका प्रहरी कार्यालय, तुलसीपुरमा वैशाख १० गते उजुरी दिएपछि प्रहरीले आरोपितलाई वैशाख ११ गते गिरफ्तार गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका इन्स्पेक्टर सूर्य रानाले जानकारी दिनुभयो । मृतकको टाउकोमा चोट देखिएको तुलसीपुर उपमहानगरपालिका–१ का वडाध्यक्ष हुमकान्त सापकोटाले जानकारी दिनुभयो ।
शवको पोष्टमार्टम वैशाख १० गते गरेर परिवारले सतगत गरेको प्रहरीले जनाएको छ । यस अघि पनि पटक पटक मादक पदार्थ सेवन गरी कुटपिट गर्दै आएको मृतकका भाइ वलीले बताउनु भयो ।