INSEC Online

📅 २०८३ श्रावण ६

बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्त मनस्थीति भएकी ३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पालुङटार नगरपालिका–८ का ४३ वर्षीय पाडे भनिने राजु नेपालीलाई ०८२ वैशाख १० गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितले महिलालाई वैशाख ९ गते जङ्गलमा गएको अवस्थामा बलात्कार गरेको भन्दै पीडितका आफन्तले वैशाख १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख १० गते जिल्ला अस्पताल गोरखामा गरिएको छ ।

अन्य

भिडियो