अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले मोरङमा निर्वाचन सुरक्षा र तयारीबारे मोरङका सरकारी निकायसँग जानकारी लिएका छन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य र प्रमुख निर्वाचन अधिकृत राजुकुमार खतिवडासँग छुट्टाछुट्टै भेटघाट गरी निर्वाचन तयारीबारे जानकारी लिएका हुन् ।
भेटघाटका क्रममा प्रमुख जिल्ला अधिकारी आचार्यले जिल्लामा सुरक्षा अवस्था कडा पारिएको, सीमा क्षेत्रमा नियमित चेकजाँचका साथै आकस्मिक चेकजाँच र कुनै घटना भए प्रहरी ५ मिनेट भित्रमा सो स्थानमा पुग्ने गरी प्रहरी परिचालन गरिएको जानकारी गराएका छन् ।
त्यसैगरी मुख्य निर्वाचन अधिकृत खतिवडाले मतदानका लागि निर्वाचन केन्द्र बढाइएको, टाढा रहेका मतदानस्थलबाट चाँडो मतपेटिका ल्याउने व्यवस्थापनका काम भइरहेको जानकारी गराउँदै मङ्सिर १९ गतेबाट सबै मतदानस्थलमा परिचयपत्र वितरण र मतदान व्यवस्थापन सुरू भएको जानकारी गराएका छन् ।
छलफलमा अध्यक्ष प्याकुरेलले मतदान केन्द्रमा ठाउँको अभाव भएका कारण साँघुरो हुने हुनाले लाइन व्यवस्थापनमा समस्या हुने, अबेरसम्म मतदान हुने सम्भावना भएकोले विद्युतको व्यवस्थापन र सुरक्षा अवस्था मजबुत बनाउन सुझाव दिएका छन् ।