INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितद्वय गिरफ्तार

अपाङ्गता हुनु भएकी नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीे फाकफोकथुम गाउँपालिकाका-४ का ३८ वर्षीय साजन सुब्बा र सोही ठाउँका ४१ वर्षीय बुद्धिमान आङ्थुपोलाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितद्वयले ०८२ वैशाख ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितद्वयलाई अनुसन्धानका लागि वैशाख ९ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख ८ गते गरिएको छ ।

अन्य

भिडियो