INSEC Online

📅 २०८३ जेष्ठ २१

५ लाख ५० हजार ४ सय विद्यार्थीहरू परीक्षा दिनबाट बञ्चित

सङ्घीय राजराधी काठमाडौँ केन्द्रित शिक्षकहरूको आन्दोलनको कारण ५ लाख ५० हजार ४ सय विद्यार्थीहरूले कक्षा १२ को परीक्षा दिनबाट वञ्चित भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गते तय गरेको परीक्षा तालिका अनुसार शिक्षकहरूको आन्दोलन र बोर्डले परीक्षा सञ्चालन गरे बहिस्कार गर्नेदेखि बिथोल्नेसम्मको शिक्षक महासङ्घको घोषणा कारण बोर्डले पूर्व निर्धारित तालिका परिवर्तन गरेपछि परीक्षाको तयारीमा रहेका विद्यार्थीले परीक्षा दिन नपाएका हुन् ।

राष्ट्रिय परीक्षा बोर्डले निजामती कर्मचारी परिचालन गरेर पनि परीक्षा गराउने तयारी गरेको भए पनि परीक्षा निर्वाध रूपमा सञ्चालन नहुने बोर्डको बैठकले समीक्षा गरेपछि  ०८२ वैशाख ९ गतेसँझ १२ कक्षाको परीक्षा स्थगित गर्न पुग्यो ।

परीक्षा बोर्डले वैशाख ११ गतेको परीक्षा स्थगित गरी पुन: बैशाख २१ गते हुने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ । तर, शिक्षक आन्दोलन स्थगित नहुँदासम्म वैशाख २१ गतेबाट हुने भनिएको परीक्षा पनि अनिश्चित रहेको देखिन्छ ।

शिक्षक महासङ्घको नेतृत्वमा शिक्षकहरूले ०८१ चैत २० गतेदेखि निरन्तर काठमाडौँ केन्द्रीत सडक आन्दोलनमा गरिरहेका छन् । यस भन्दा अघि शिक्षक महासङ्घ र सरकारबीद्ब भएको सम्झौता अनुसार शिक्षा ऐन संसदबाट पारित नभएसम्म अन्दोलन जारी राख्ने र घर नर्फने उनीहरूको अडान कायमै छ ।

शिक्षक प्रतिनिधि र शिक्षा मन्त्रालय तथा प्रतिनिधिसँग सम्त पटकपटक भएको वार्ताबाट समेत समस्याको समाधान हुन सकेको छैन । सरकारले शिक्षा विधेय संसदीय प्रकृयामा रहेको र यही वैशाख १२ गतेबाट आह्वान गरिएको संसद अधिवेशनबाट यसको टुङ्गो लगाउने प्रतिवद्धता जनाए पनि शिक्षकहरू विश्वस्थ हुननसक्दा आन्दोलने निरन्तरता पाइरहेको छ ।

यसरी सरकार र शिक्षक बिचको जुहारीले परीक्षाको लागि सदरमुकाम तथा परीक्षा केन्द्र आएका दुर्गम क्षेत्रका विद्यार्थीहरू भने अलमलमा परेका छन् । उनीहरू घर फर्कने कि नफर्कने दोधारमा छन्। वर्ष भरी मेहेनत गरेर परीक्षाको तयारीमा रहेका अधिकांश विद्यार्थीहरू शिक्षकको आन्दोलनका कारण परीक्षा स्थगित हुँदा मारमा परेका छन्।

यसैगरी शिक्षक आन्दोलनकै कारण वैशाख पहिलो हप्ताबाट सामुदायिक विद्यालयहरूले गर्ने विद्यालय भर्ना अभियान पनि अवरुद्ध छ । देश भरिकै सबै सामुदायिक विद्यालयहरू बन्द छन् ।

उता निजी स्कूलहरूले भने भर्ना गरेर पढाइ सुरु भइसक्दा पनि सरकारी स्कूलमा भने भर्ना रोकेर शिक्षकहरू सडक आन्दोलनमा होमिएका छन् । उनीहरूले चैतमा सम्पन्न कक्षा १० (एसईई) को उत्तरपुस्तिका पनि जाँच्न सुरु गरेका छैनन्। यसबाहेक कक्षा १ देखि कक्षा १० सम्म भर्ना नै गरेका छैनन्।

यसरी सरकारी विद्यालयका शैक्षिक क्रियाकलाप ठप्प हुँदा पनि सरकारले कुनै ठोस निर्णय लिन सकिरहेको छैन् ।

यसैबीच शिक्षामन्त्री विद्या भट्टराईले तयार पार्नु भएको सात बुँदे प्रस्ताव पनि कार्यान्वयन गर्न र शिक्षकलाई मनाउन सम्भव नभएपछि मन्त्री भट्टराईले ८ गते बेलुका राजीनामा दिनु भएको छ ।

मन्त्री भट्टराईले शिक्षक आन्दोलन रोक्न नेपाल सरकारको मर्यादाक्रमको सूचीमा शिक्षकलाई समावेश गर्ने, शिक्षकको स्वास्थ्य उपचारको सम्बन्धमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई उपचार सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने, राहतलगायत अस्थायी प्रकृतिका शिक्षकको बिरामी बिदा सञ्चित हुने र सोवापतको रकम सेवाबाट अवकास हुँदाका बखत एकमुष्ट रूपमा प्रदान गर्ने, प्रारम्भिक बालविकास र विद्यालय कर्मचारीका लागि नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक रकम सुनिश्चित गरी त्यसलाई सङ्घ र स्थानीय तहबाट बेहोर्ने व्यवस्था गर्ने, आगामी आर्थिक वर्ष २०८२–०८३ देखि स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय र माध्यमिक तृतीय श्रेणीका शिक्षकका लागि निजामतीसरह ग्रेड सङ्ख्या र रकम कायम गर्ने, निर्णय हुँदाका मितिमा कायम रहेको स्थायी ठेगानाको आधारमा राहत शिक्षकका लागि अन्य शिक्षकसरह स्थानीय भत्ताको रूपमा दुर्गम भत्ता व्यवस्था गर्ने र सामुदायिक विद्यालयमा कार्यरत सबै गैरस्थायी शिक्षक तथा कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था र सामाजिक सुरक्षा कोषले तदनुरुप उचित प्याकेज तयारी गरी कार्यान्वयन गर्ने प्रस्ताव तयार गर्नु भएको भनि सार्वजनिक भएको थियो ।

शिक्षा मन्त्रीको राजीनामा दिएसँगै शिक्षक महासङ्घ पनि वार्तामा आउन छाडेर आन्दोलन चर्काइरहेको छ। शिक्षक सडकमा रहेका बेला नेपाल विद्यालय कर्मचारी परिषद्ले आफू मातहतका विद्यालयका कर्मचारीलाई २४ घण्टाभित्र विद्यालयको चाबी लिएर काठमाडौँ आउन सर्कुलर जारी गरेको छ। शिक्षकहरू आन्दोलित हुँदाहुँदै पनि विद्यालय कर्मचारीलाई विद्यार्थी भर्ना, नतिजा प्रकाश र कक्षा १२ को परीक्षामा सहभागी गराउन खोजिएको भन्दै परिषद्ले चाबीसहित सङ्घीय राजधानी काठमाडौँको आन्दोलनमा सहभागी हुन ताकेता गरेको छ।

यसपाली कक्षा १२ को परीक्षामा ५ लाख ५० हजार ४०० विद्यार्थीहरू सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी जानकारी गराउनु भएको छ । जसमध्ये ३८ हजार पूरक तथा ०५६ साल यता विषय लागेका वा परीक्षामा सहभागी नभएका विद्यार्थी रहेका छन् । त्यस्तै जापानमा पनि एउटा परीक्षा केन्द्र रहेको र त्यहाँबाट पनि १६ जना विद्यार्थी परीक्षामा सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

शिक्षक र सरकारका कारण कक्षा १२ सम्मका ८० लाख विद्यार्थी प्रभावित भएका छन्। विद्यार्थीको भविष्य अन्धकारमा धकेल्ने काम पेशागत मर्म विपरित भएको र पूर्व सम्झौता अनुसार शिक्षकका माग कार्यान्वयन गरी विद्यालय सूचारू गराउन अभिभावक महासङ्घले सरकार र शिक्षक महासङ्घलाई ध्यानाकर्ण पनि गराई सकेको छ ।

यसैबिच शिक्षकहरूको आन्दोलनको २० औँ दिन चलिरहेका बेला वैशा ८ गते ललितपुरका सामुदायिक विद्यालयमा अन्ध्यनरत विद्यार्थीका अभिभावक सनोद महतलाई आन्दोलनरत शिक्षकहरूले कुटपिट तथा दुर्व्यवहार गरेका छन् । अभिभावक महतले अब स्कुल खोलौ बालबालिकाको पढाईलाई पहिलो प्राथकिता दिऔँ भनेपछि आन्दोलनरत शिक्षकहरूले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

अविभावक महतले शिक्षकका विरुद्धमा नाराबाजी गर्न थालेपछि नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले जानकारी दिनु भयो।

बालबालिकाहरूको भविष्य अन्यौल भएको भन्दै वैशाख ९ गते पाल्पामा विद्यालय खोल्न अभिभावकहरू आन्दोलनमा उत्रिएका छन्। पाल्पा जिल्लाको माथागढी गाउँपालिका – १ चिदीपानीस्थित ज्ञानोदय आधारभूत विद्यालयका अभिभावकहरूले विद्यालयमै पुगेर विद्यालय व्यवस्थापन समितिलाई विद्यालय खोल्न दबाब दिएका थिए।

अन्य

भिडियो