१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १५ वर्षीय बालकलाई जिल्ला अदालतले ६ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको वैशाख १० गतेको इजलासले कसुर ठहर गर्दै ६ वर्ष कैद सजाय, २ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति, २५ हजार रुपियाँ जरिबाना र १ हजार ३ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।
पीडित बालिकालाई बालकले ०८१ असार १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपितलाई प्रहरीले असार १३ गते गिरफ्तार गरेको थियो । बालिकाको स्वास्थ्य परीक्षण असार १३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भएको थियो ।