INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मल्लरानी गाउँपालिका–१ का ६१ वर्षीय सन्तोष पौडेललाई प्रहरीले ०८२ वैशाख ८ गते गिरफ्तार गरेको छ ।

कामको सिलसिलामा गढवा गाउँपालिका–१ मा बस्दै आएका पौडेलले ललाई फकाई बालिकालाई बोलाएर ०८२ वैशाख ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ८ गते इलाका प्रहरी कार्यालय, गढवामा उजुरी दिएको थियो।

पीडितको स्वास्थ्य परीक्षण वैशाख ८ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भयो ।

अन्य

भिडियो