INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीको खडक नगरपालिका-९ का ३१ वर्षीय विष्णुदेव मण्डललाई वैशाख ९ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले ०८२ वैशाख ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय, हरैँचामा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई ग्रामथान गाउँपालिका-१ बाट अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडित युवतीको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा वैशाख ९ गते गरिएको छ ।

अन्य

भिडियो