शंखरापुर नगरपालिका-९ की ४६ वर्षीया माइली तामाङको ०८२ बैशाख ७ गते राती पति ५८ वर्षीय पदमबहादुर तामाङले खुकुरी प्रहार गरी हत्या गरेका छन् ।
पत्नीको हत्यापछि फरार भएका दमबहादुरको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिनु भयो ।
रामेछापको खाँडादेवी—७ स्थायी भएका पदमबहादुर तामाङले दुई महिना अघि माइली तामाङ्सँग विवाह गरेका थिए । उनीहरू हाल शंखरापुर नगरपालिका वडा नं. ९ मा कृषिकार्य गरी जीविकोपार्जन गर्दै आएका एसपी बोहराले जानकारी दिनु भयो ।
पूर्वपति तर्फका दुई सन्तानसँग सुतेकी पीडित तामाङको खुकुरी प्रहारबाट घटनास्थलमै मृत्यु भएको र घटनामा परी १० र ११ वर्षका बालबालिकाहरू घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। घाइते दुवै बालबालिकालाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ।
शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।