राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहित सात जनालाई प्रहरीले ०८२ वैशाख ७ गते सिंहदरवार परिसबाट गिरफ्तार गरेको छ ।
सिंहदरवारस्थित निषेधित क्षेत्रमा अध्यक्ष लिङ्देनसहित विरोध प्रदर्शनमा संलग्न भएकोले गिरफ्तार गरेको जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहराले जानकारी दिनु भयो ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपाका सचेतक ज्ञोनेन्द्र शाही, युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाललाई प्रहरीले गिरफ्तार गरेको एसपी बोहराले बताउनु भयो ।
अध्यक्ष लिङ्दनेसहित सात जनालाई गरफ्तारीपछि जिल्ला प्रहरी परिसर भद्रकालीमा राखि उहाँहरू सातै जनालाई सोहीदिन साँझ रिहा गरिएको परिसरका एसपी बोहराले जानकारी दिनु भयो ।