नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १८ वर्षीय दाईलाई प्रहरीले ०८२ वैशाख ४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८१ माघ २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि फरार भएका आरोपितलाई ०८२ वैशाख ४ गते काठमाडौँबाट गिरफ्तार गरी दाङ ल्याइएको जिल्ला प्रहरी कार्यालयका एसपी अर्जुनकुमार तिमिल्सिनाले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत २२ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भयो ।
त्यसअघि बालिका बलात्कार भएको भन्दै पीडित पक्ष बङ्गलाचुली गाउँपालिका–६ को कार्यालयमा पुगे पनि घरभित्रैको घटना भन्दै वडाध्यक्ष डोमबहादुर केसीको उपस्थितिमा ०८१ चैत १३ गते मिलापत्र गरिएको थियो । बलात्कारको घटना मिलापत्र भएको सार्वजनिक भएपछि पीडित पक्षले चैत २२ गते उजुरी दिएका थिए ।