INSEC Online

📅 २०८३ जेष्ठ २१

तीनकुने घटनामा संलग्न रहेको आरोपमा एक जना गिरफ्तार

तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनमा भएको हिंसात्मक घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले  धादिङको सिद्धलेक गाउँपालिका–१ घर भइ कलङ्की बस्ने ३४ वर्षीय सन्तोष कुमार सिलवाललाई २०८२ वैशाख ५ गते कोटेश्वस्थित महादेवस्थानबाट गिरफ्तार गरेको जिल्ला प्रहरी परिसरका काठमाडौँका एसपी अपिलराज बोहराले बताउनु भयो ।

उनकाअनुसार सिलवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वैशाख ५ गते राती कोटेश्वरबाट गिरफ्तार गरेको हो । उनलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको ब्युरोले जनाएको छ ।

अन्य

भिडियो