INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

१८ वर्षीया युवतीलाई बलात्कार गरेको घटनाका आरोपित नवराजपुर गाउँपालिका-५ का २२ वर्षीय पंकज सदा विरुद्धको मुद्दा जिल्ला अदालतले ०८२ वैशाख ४ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश इश्वरमणी ओझाको एकल इजलासले सो फैसला गरेको हो ।

आरोपितले युवतीलाई ०७९ माघ ९ गते बलात्कार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय महेशपुर पतारमा माघ ९ गते उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा माघ ९ गते भएको थियो ।

आरोपितविरुद्ध ०८० माघ ८ गते जिल्ला अदालतमा अभियोग पत्र दायर भई वारेन्ट सहितको पक्राउ पुर्जी जारी भए तापनि आरोपित हालसम्म गिरफ्तार भएका छैनन् ।

अन्य

भिडियो