INSEC Online

📅 २०८३ जेष्ठ २१

साइबर अपराध गरेको घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलाको सामाजिक सञ्जालमार्फत् चरित्र हत्या गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका–४ शान्तपूर्व मार्ग बस्ने २४ वर्षीय आयुष अधिकारीलाई प्रहरीले २०८१ चैत २६ गते गिरफ्तार गरेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोका एसपी दिपकराज अवस्थीले जानकारी दिनु भयो ।

सामाजिक सञ्जालमार्फत् चिनजान भई प्रेम सम्बन्धमा रहेका पीडित महिलाले आफ्नो प्रेमीलाई पठाएको गोप्य भिडियो सम्बन्ध छुटेपछि प्रेमीको साथीले दुरुपयोग गरी पैसा माग्ने, आपत्तिजनक शब्दहरू प्रयोग गरी शारीरिक सम्बन्ध राख्न बोलाउने र नआएमा उक्त भिडियो सामाजिक सञ्जालमा राखी भाइरल गरिदिन्छु भनी पीडितलाई मानसिक तनाव, अमर्यादित कार्य गर्ने गरेको भनी आवश्यक कारबाही ब्यूरोमा पीडितले निवेदन दिनु भएको एसपी अवस्थी बताउनु भयो ।

साइबर ब्यूरोको प्राविधिक विश्लेषणसहितको अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा आयुष अधिकारी खुल्न आएको र उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा चैत २६ गते गिरफ्तार गरी जिल्ला अदालतबाट चार म्याद थप भइ आवश्यक अनुसन्धन गरिरहेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले जनाएको छ ।

अन्य

भिडियो