ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले वडाध्यक्षलाई कार्यवाहक दिएको विषयमा उच्च अदालत विराटनगरले रोक लगाएको छ ।
उच्च अदालत विराटनगरका कायममुकायम मुख्यन्यायाधीश ध्रुवराज नन्दको ०८१ चैत २८ गतेको इजलासले कारण देखाउ र अन्तरिम आदेश दिँदै कार्यान्वयनमा रोक लगाएको हो ।
उपाध्यक्ष कार्यालयमा नै रहेको बेलामा वडाध्यक्षलाई कार्यवाहक दिएर अध्यक्ष माझी चैत २५ गते चीन भ्रमणमा गएको भन्दै उपाध्यक्ष गुणावतीदेवी थारुले वडाध्यक्षलाई कार्यबहाक दिएको विषय कार्यान्वयन नगराउन अन्तरिम आदेश माग गर्दै चैत २७ गते उच्च अदालत विराटनगरमा रिट निवेदन दायर गर्नु भएको थियो ।
ग्रामथान गाउँपालिकाकाका उपाध्यक्ष गुणावती देवी थारुले माग गरेअनुसार ग्रामथान गाउँपालिका-३ का वडाध्यक्ष रमेशकुमार भगतलाई कार्यवाहकको जिम्मेवारी दिएको विषय कार्यान्वयन नगर्न नगराउन अदालतले चैत २८ गते अन्तरिम आदेश दिएको हो ।
गाउँपालिकाका अध्यक्ष माझी नौ दिने चीन भ्रमणमा जाने भएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी वडाध्यक्षलाई दिनु भएको थियो । अध्यक्ष अनुपस्थित हुँदा उपाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिनुपर्ने प्रावधान स्थानीय सरकार सञ्चालन ऐनमा छ ।
गाउँपालिका उपाध्यक्ष गुणवतीदेवी थारुले गाउँपालिका अध्यक्षलाई शुभयात्रा नभएकाले कार्यवहाक नदिएको गाउँपालिका अध्यक्षमाथि आरोप छ ।

