INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा नवराजपुर गाउपालिका-५ का २५ वर्षीय बिनोद यादवलाई इलाका प्रहरी कार्यालय महेशपुर पतारले ०८१ चैत २५ गते गिरफतार गरेको छ ।

आरोपितले महिलालाई चैत २३ गते बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय महेशपुर पतारमा चैत २५ गते उजुरी दिएको पीडितले बताइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा चैत २५ गते भयो ।

इलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्स्पेक्टर रविनराज मैनालीले घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी कारवाही प्रकृया अगाडि बढाएको बताए ।

अन्य

भिडियो