१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका-८ का २५ वर्षीय नवराज कट्टेललाई चैत २५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८१ चैत २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि खाँदबारी नगरपालिका-१ बाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकुमार लामिछानेले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत २५ गते गरिएको छ ।