INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ बालिकालाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय बुबालाई ०८१ चैत २२ गते प्रहरीले गिरफ्तार गरेको छ ।

चैत २२ गते आरोपित बुबाले पीडित बालिकालाई आफ्नो मोबाइलमा भएको अश्लील भिडियो देखाई बलात्कार गरेको र सो को समेत भिडियो बनाइ आफ्नो मोबाइलमा कैद गरेको अनुसन्धानको क्रममा भेटिएको प्रहरी जनाएको छ ।

आरोपितविरुद्ध पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय, पर्सामा चैत २२ गते उजुरी दिनुभयो ।

आरोपितलाई गिरफ्तार गरी बलात्कार र विद्युतीय कारोबार ऐन, २०६३ अन्तरगतको कसुरमा सोही दिन जिल्ला अदालतबाट सात दिनको म्याद थप गराइ घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका एसपी गौतम मिश्रले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण नारायणी प्रादेशिक अस्पताल वीरगञ्जमा चैत २२ गते भयो ।

अन्य

भिडियो