१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित गोलबजार नगरपालिका–३ का २२ वर्षीय गौरी शङ्कर साहविरुद्धको मुद्दा जिल्ला अदालतले ०८१ चैत २५ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश डाक्टर प्रकाश उप्रेतीको एकल इजलासले सो फैसला गरेको हो ।
आरोपितले बालिकालाई ०७७ पुस १६ गतेदेखि माघ ५ गतेसम्म बलात्कार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय गोलबजारमा ०७७ माघ ८ गते उजुरी दिएका थिए ।
बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा माघ ८ गते भएको थियो ।
आरोपितविरुद्ध ०७८ पुस १४ गते जिल्ला अदालतमा अभियोग पत्र दायर भई वारेन्ट सहितको पक्राउ पुर्जी जारी भए तापनि आरोपित हालसम्म गिरफतार भएका छैनन् ।