INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लेटाङ नगरपालिका-२ का ३५ वर्षीय अनिल राईलाई चैत २४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकलाई आरोपितले ०८१ चैत १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध चैत २४ गते इलाका प्रहरी कार्यालय, लेटाङमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मदन भण्डारी ट्रमा सेण्टर,उर्लावारीमा चैत २५ गते गरिएको छ ।

अन्य

भिडियो