२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-१० का ३२ वर्षीय रामप्रवेश कुमार मण्डलविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय, बरहथवामा ०८१ चैत २२ गते उजुरी दिनु भएको छ ।
आरोपित मण्डलले ०८१ फागुन २८ गते पीडितलाई बलात्कार प्रयास गरेको पीडित पक्षको आरोप रहेको छ ।
आरोपितका दाजु रामकिशोर मण्डलले घटनालाई गाउँमै मिलाउन र प्रहरीमा उजुरी नदिन धाक धम्की दिएको पीडित पक्षको भनाइ रहेको छ ।
घटनापश्चात आरोपित मण्डल फरार रहेकोले खोजतलास गरिरहेको इलाका प्रहरी कार्यालय, बरहथवाका डिएसपी मुक्तीनाथ सापकोटाले जानकारी दिनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण सर्लाही जिल्ला अस्पताल, मलंगवामा चैत २४ गते भयो ।