२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको आसाम स्थायी घर भइ हल्दीवारी गाउँपालिका-१ कोचाटोलीमा बस्दै आएका २७ वर्षीय सन्तोष कार्कीलाई चैत २१ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले ०८१ चैत २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत २१ गते प्रहरी चौकी, गोलधापमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
पीडित युवतीको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पताल, भद्रपुरमा चैत २१ गते गरिएको छ ।