INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्धको उजुरी दर्ता

११ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कल्याणपुर नगरपालिका-८ का २३ वर्षीय अफजल राईनविरुद्धको उजुरी इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८१ चैत १९ गते दर्ता गरेको छ ।

आरोपितले बालिकालाई ०८१ चैत ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा चैत १५ गते उजुरी दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा चैत १५ गते भयो ।

घटनापश्चात आरोपित फरार रहेकाले खोज तलास गरिरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी पञ्चकुमार बाखुले बताउनु भयो ।

अन्य

भिडियो