INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

२९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा धोबिनी गाउँपालिका–२ का ३० वर्षीय मगनी प्रसाद चौहान र ४० वर्षीय सञ्जय प्रसाद कुर्मीविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, पर्सामा चैत १९ गते उजुरी दिनु भएको छ ।

आरोपितद्वयले पीडित महिलालाई ०८१ चैत १९ गते आफ्नै घरमा बसिरहेको अवस्थामा बलात्कार प्रयास गरेको पीडित पक्षको आरोप रहेको छ ।

घटनापश्चात आरोपितद्वय फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी किशोर लम्सालले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत १९ गते नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्नमा भयो ।

अन्य

भिडियो