INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई ०८१ भदौ ३० गते अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा पर्सागढी नगरपालिका-६ का ५० वर्षीय मोलाल राम, ४० वर्षीय विर बहादुर राम र ४५ वर्षीय हिरालाल रामविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा, पर्सामा चैत १३ गते उजुरी दिनुभएको छ ।

त्यसैगरी, सो घटनामा सहयोग गरेको आरोपमा सोही ठाउँका ३५ वर्षीया तेतरी राम र १८ वर्षीय श्याम कुमार रामविरुद्ध पनि पीडित पक्षले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएको पीडितकी आमाको भनाइ रहेको छ ।

घटनापश्चात आरोपितहरू फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका डिएसपी किशोर लम्सालले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत १३ गते नारायणी उपक्षेत्रीय अस्पताल, पर्सामा भयो ।

अन्य

भिडियो