सात वर्षीया बालिका अपहरण गरेको आरोपमा प्रहरीले सप्तरी जिल्ला, कञ्चनरूप नगरपालिका-१२ धरमपुरका ३५ वर्षीय जितुवा भनिने जितेन्द्र साह (हलुवाइ) लाई चैत २१ गते गिरफ्तार गरेको छ ।
कोशी गाउँपालिका-७ मुसहरी टोलका कुशेश्वर सदाकी सात वर्षीया छोरी इशु सदालाई ०८१ चैत २० गते अपहरण गरेको आरोपमा प्रहरीले आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी सुमनकुमार तिम्सिनाले बताउनु भयो ।
सुनसरीबाट कोशी ब्यारेजहुँदै सप्तरीतर्फ लैजाँदै गर्दा २६ नम्वर ढोकाबाट ०८१ चैत २१ गते बालिकाको उद्दार गरी अपहरण घटनाका आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी युगराज खतिवडाले बताउनु भयो ।
घर अगाडि खेलिरहेकी बालिकालाई अपहरण गरी सिटी रिक्सामा राखेर कोशी ब्यारेज हुँदै भारततर्फ लैजान खोजेको सूचना अभिभावकले जिल्ला प्रहरी कार्यालयमा दिएपछि प्रहरीले बालिकाको उद्दार गरी घटनाका आरोपितलाई गिरफ्तार गरेको हो ।