काठमाडौंको तीनकुने क्षेत्रमा ०८१ चैत १५ गते भएको विरोध प्रदर्शनको क्रममा आन्दोलनकारीहरुले एक घरमा आगजनी गर्दा पत्रकार सुरेश रजकको जलेर मृत्युु भएको छ ।
प्रदर्शनकारीले तीनकुनेस्थित एक घरमा तोडफोड गर्दै आगजनी गरेका थिए । सो क्रममा फोटो, भिडियो खिच्न पुगेका एभीन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको हो ।
एभीन्युजका पत्रकार रजक घरको छतबाट आन्दोलनको भिडियो तथा फोटो खिच्न गएको बखत अचानक घरमा आगजनी भएपछि बाहिर निस्किन नपाएको नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिनु भयो ।
आगलागी भएको घरको चौथो तलामा पत्रकार रजकको शव भेटिएको आचार्यले बताउनु भयाे।