काठमाडौंको तीनकुने क्षेत्रमा ०८१ चैत १५ गते भएको विरोध प्रदर्शनको क्रममा प्रहरीको गोली लागि घाइते भएका एक जनाको मृत्युु भएको छ ।
विरोध प्रदर्शनले उग्ररूप लिएपछि नियन्त्रणका क्रममा प्रहरीले हवाइफायर गर्न चलाएको गोली लागि घाइते भएका कीर्तिपुर नगरपालिका–४ गाम्चाका २९ वर्षीय सविन महर्जनको उपचारको क्रममा मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले बताउनुभयो ।
शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।
दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले चैत १५ गते काठमाडौंमा आयोजना गरेको विरोध कार्यक्रममा प्रहरीसँग दोहोरो झडप हुनुको साथै प्रदर्शनकारीले गाडी तथा घरमा आगजनी गरेका थिए ।
यसैबीच तीनकुने क्षेत्रमै प्रदर्शनकारीद्वारा आगजनी भएको घर नजिकै शव भेटिएको उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङले बताउनु भएको छ । उहाँले पुरुषको शव भेटिएको भए पनि पहिचान नखुलेको बताउनु भयो ।