INSEC Online

📅 २०८३ जेष्ठ २१

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले जारी गर्‍यो  तीनकुने क्षेत्रमा कर्फ्यु आदेश

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तीनकुने क्षेत्रलाई आधार बनाएर बागमती पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश  जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा ०८१ चैत १५ गते अपराह्न ४ बजे जारी कर्फ्यु राति १० बजेसम्म कायम रहेको आदेशमा उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यलयले विरोध प्रदर्शनका लागि तिकिदिएको तीनकुने क्षेत्रमा प्रदर्शनले उग्र रुप लिएर आगजनी गर्ने तथा निषेधाज्ञाको अवज्ञा गर्दै अराजक गतिविधि भएको भन्दै जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो । कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो ।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्याँस प्राहर गर्दा अराजगतिविधि बढेको भन्दै भिड नियन्त्रण गर्न हवाइफायर समेत गरेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

5ad50728-b01d-422f-927c-ca90e8f57ff4

यसैबीच प्रदर्शनको क्रममा दुर्गा प्रसाइको नेतृत्वमा निषेधित क्षेत्रमा प्रहरीसँग भएको झडपका क्रममा सात जना सशस्त्र प्रहरी घाइते भएका छन् । घाइते भएकामध्ये चार जनाको कान्तिपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

साथै प्रदर्शनकारी पनि प्रहरीले हानेको गोली लागेर ३५ र ५२ वर्षीय पुरुषलाई अस्पताल लगिएको र केहीलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

f9c24e97-3409-489c-979c-e8dc7eb6cc0b  229135e6-afaa-4827-8f89-916f4d112b46 06bb9c51-dd1d-4371-9e19-94e325ae4ac0 33b591e2-1856-4a44-9201-7ee29c29d1ecकाठमाडौँ जिल्ला प्रशासन कार्यालय कर्फ्यू_page_0001

अन्य

भिडियो