विद्युत्त प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई २०८१ चैत ११ गते बर्खास्त गरेको विरोधमा प्रदर्शन गर्ने क्रममा काभ्रे जिल्ला चौरीदेउराली गाउँपालिका–७ घर भएर भक्तपुर बस्ने ५३ वर्षीय कमल लामालाई प्रहरीले ०८१ चैत १३ गते गिरफ्तार गरेको छ ।
रत्नपार्क स्थित विद्युत्त प्राधिकरणको केन्द्रिय कार्यालय अगाडी प्रदर्शन गर्ने क्रममा प्रहरीलाई अभद्र व्यवहार गरेपछि लामालाई गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिनु भयो ।
लामालाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । लामामाथि प्रहरीलाई हातपात गरेको आरोप छ ।