जिल्लाका दलहरूले आचारसंहिता विपरीत सार्वजनिक स्थलमा टाँसेका पोष्टर र पम्प्लेट मङ्सिर १५ गते सुरक्षाकर्मीले हटाएको छ ।

सदरमुकाम म्याङलुङका सार्वजनिक स्थलहरूमा जिल्लामा क्रियाशील राजनीतिक दलहरूले आचारसंहिता विपरीत पोष्टर र पम्प्लेट टासेको उजुरीको आधारमा अनुगमन गर्दा आचारसंहिता उल्लङ्घन भएको भेटिएकोले सुरक्षाकर्मी सहितको टोलीले हटाएको मुख्य निर्वाचन कार्यालयका अधिकृत जयप्रकाश बस्नेतले बताए ।
यसअघि कुनै पनि दलले आचारसंहिता उल्लङ्घन नगर्ने सहमति भए पनि नियमको पालना नभएको उजुरी परेको थियो ।