INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्रकार न्यौपानेलाई धम्की

अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत कालिकोट पचालझरना गाउँपालिका-८ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-३, शुभकामना टाेल बस्दै आउनुभएका ३४ वर्षीय पत्रकार विष्णुप्रसाद न्याैपानेलाई ०८१ चैत १३ गते गाली बेइज्जतिसहित धम्की दिइएको छ ।

अन्नपूर्ण पोष्टमा कार्यरत पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिका सचिव समेत रहेका पत्रकार न्यौपानेले चैत १२ गते ‘विदेशी सहयोगको चरम दुरुपयोगः सामाजिक संस्थाका नाममा आफन्त र परिवारको रजगज’ शीर्षकमा समाचार सम्प्रेषण भएपछि न्यौपानेलाई सामाजिक सञ्जाल र फाेनमा धम्की दिइएको थियाे । समाचार लेखेकै कारण पत्रकार न्यौपानेलाई धम्की आएपछि नेपाल पत्रकार महासङ्घ प्रदेश, जिल्ला र केन्द्रीय समितिले प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ ।

समाचारलाई लिएर कोपिला भ्यालीका प्रबन्ध निर्देशक टोपबहादुर मल्लका आफन्त प्रकाश सिंह, लोकजङ्ग सिंह ठकुरी लगायतले सामाजिक सञ्जालमार्फत धम्क्याउने, अपशब्द प्रयोग गर्ने तथा भौतिक कार्वाहीको धम्की दिनेजस्ता हर्कत गरी मानसिक यातना दिने गरेकाले आफू असुरक्षित महसुस गरेको भन्दै पत्रकार न्यौपानेले चैत १३ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिनुभएको छ ।

प्रेस स्वतन्त्रतालाई ठाडो चुनौती दिने र पत्रकारलाई हतोत्साहित बनाउनेप्रति महासङ्घ केन्द्रीय समितिले भर्त्सना गरेको छ । साथै घटनाको छानबिन गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन तथा पत्रकारलाई सुरक्षा र स्वतन्त्रताको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग अपिल गरेको छ ।

अन्य

भिडियो