सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट २०८१ चैत ११ गते बर्खास्त गरेको विषयलाई लिएर नेकपा (बहुमत) ले काठमाडौँमा चैत १२ गते विरोधमा प्रदर्शन गरेको छ।
विरोध प्रदर्शन कै क्रममा निषेधित क्षेत्रमा प्रवेश गरेका नेकपा (बहुमत) का १२ जना नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले चैत १२ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरुमा पार्टीका काठमाडौँ जिल्ल्ला सेक्रेटरी दर्शन, ट्रेड युनियन महासंघका संयोजक ध्रुब, अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष विरेन्द्र शाह, उपाध्यक्ष रुपा बुढामगर, सचिवालय सदस्यहरु लक्ष्मी शाह, हस्त विक, सर्जन पाण्डे, क्याम्पस जिल्ला अध्यक्ष दिनेश नेपाली, काठमाडौँ जिल्ला उपाध्यक्ष समिर विश्वकर्मा, प्रलाद, रामहरी, कमल रहेको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनु भयो ।
गिरफ्तार गरिएकाहरुमा १० जना पुरुष र दुई जना महिला रहेका छन्स । उनीहरुलाई सिंहदबार प्रहरी परिसरमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।


