१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–१२ का २१ वर्षीय अशोक चौधरीलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले चैत १२ गते कसुरमा दोषी ठहर गर्दै १२ वर्ष ६ महिना कैद, ५ लाख जरिबाना, ४० हजार रुपियाँ क्षतिपूर्ति र १ हजार ८ सय पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो । सोही घटनामा दोषी ठहर गर्दै १७ वर्षीय बालकलाई अदालतले ६ वर्ष ६ महिना कैद, ३ लाख ३३ हजार ३ सय जरिबाना र १ हजार ३ सय पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको छ ।
बालिकालाई चौधरी र बालकले ०८० माघ २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २१ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण माघ २१ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा भएको थियो । चौधरी र बालकलाई प्रहरीले माघ २१ गते गिरफ्तार गरेको थियो ।