INSEC Online

📅 २०८३ जेष्ठ २१

शान्ति प्रकृयाका बाँकी काम पूरा गर्न सरकार प्रतिबद्ध छ: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले शान्ति प्रकृयाका बाँकी काम पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमसहितको इन्सेकको टोलीसँग कुरा गर्दै मन्त्री लेखकले सो कुरा बताउनु भएको हो ।

Photo25032025Kathmandu

लामो समयदेखि अलमलमा रहेको प्रकृया अगाडि बढाउन प्रमुख राजनीतिक दलको नेतृत्व सहमत भएसँगै चैत १२ गतेको मन्त्रिपरिषद्को बैठकले सर्च कमिटी गठन गर्ने निर्णय गरेको उहाँले बताउनु भयो । पहिलो बैठक बसेको मितिले दुई महिनाको समय पाएको सर्च कमिटी यसपटक सिफारिसको निष्कर्षमा पुग्नेमा उहाँ विश्वस्त हुनुहुन्थ्यो ।

इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले मन्त्री लेखकलाई नेपाल मानव अधिकार वर्ष पुस्तक हस्तान्तरण गर्दै वर्ष पुस्तक र यसले उठान गरेका विषयहरूका बारेमा जानकारी गराउनु भएको थियो । भेटघाटमा इन्सेकका सूचना अधिकारी कृष्ण गौतम र नेपाल मानव अधकार वर्ष पुस्तकका प्रधान सम्पादक मदन पौडेल सहभागी हुनुहुन्थ्यो ।

अन्य

भिडियो