कनकाई नगरपालिका-५ नारायणदल चोककी ४० वर्षीया मनिषा सार्कीको हत्यापछि ३९ वर्षीय पति लालबहादुर सार्कीले आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ ।
मनिषाले पूर्व पतिसँग फोनमा बोलेको विषयमा भएको विवादका क्रममा लालबहादुरले मनिषालाई ०८१ चैत ११ गते खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
पत्नीको हत्यापछि लालबहादुर आफ्नै घाँटी रेटेर आत्महत्या प्रयास गरेको लालबहादुरका दाजु सुरेन्द्र सार्कीले बताउनु भयो ।
घाँटी रेटेर घाइते भएका लालबहादुरको चैत ११ गतेदेखि विर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचार भइरहेको छ ।