INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

शारिरीक अपाङ्गता हुनु भएकी ६५ वर्षीया ज्येष्ठ नागरिकलाई बलात्कार गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका–८ का १४ वर्षीय एक बालकलाई चैत ९ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०८१ चैत ९  गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध चैत १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकुमार लामिछानेले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत १०  गते गरिएको छ ।

अन्य

भिडियो