INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी 

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ ।

आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत ५ गते यौन दुर्व्यवहार गरेको पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको एसपी गौतम मिश्रले बताउनु भयो ।

पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितद्वयको खोजी थालिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वस्थ्य परीक्षण नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्जमा चैत ५ गते गरिएको छ ।

अन्य

भिडियो