३८ वर्षीया महिलाको सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको आरोपमा काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी बस्ने भारत बिहार घर भएका ४१ वर्षीय नुनु रायलाई ०८१ चैत ५ गते प्रहरीले गिरफ्तार गरेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्युरोका एसपी दिपकराज अवस्थीले जानकारी दिनु भयो ।
सामाजिक सञ्जाल फेसबुकमा साथी बनाएर भेटघाटका क्रममा भएका अन्तरङ्ग सम्बन्धका क्रियाकलापहरू गोप्य रूपमा रेकर्ड गरी राखेको र आपसमा मनमुटाउ भए पश्चात पीडितका आफन्त तथा साथीहरूको म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको भन्दै पीडितले चैत ५ गते साइबर व्युरोमा उजुरी दिएकी थिइन् ।
आरोपिलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरी सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको साइबर ब्यूरोले जनाएको छ ।