१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा मेलम्ची नगरपालिका— ११ का २४ वर्षीय प्रवेश परियार र सोही ठाउँका ४० वर्षीय श्यामकृष्ण श्रेष्ठलाई ०८१ चैत ६ गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितहरुले फागुन २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत २ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी उमाशंकर यादवले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत २ गते प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा भयो ।