INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मुसिकोट नपा–५, रुकुम पश्चिमका ३० वर्षीय मिलन वनलाई १० वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले चैत ७ गते दोषी ठहर गर्दै १० वर्ष कैद सजाय, ५ लाख रुपियाँ जरिबाना र ४० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।

मिलनले ०८० माघ ३ गते बलात्कार गरेको भन्दै माघ ४ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय, भालुवाङमा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण माघ ४ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा भएको थियो । प्रहरीले आरोपितलाई माघ ८ गते गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो