१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–७, हर्नेयाका १९ वर्षीय शिव मल्लाहलाई चैत ५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले चैत २ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले चैत ५ गते इलाका प्रहरी कार्यालय, सालझण्डीमा उजुरी दियो ।
पीडितको स्वास्थ्य परीक्षण चैत ३ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।