१४ वर्षीया सुस्तमनिस्थिति तथा बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका—८ लोहपुरका १८ वर्षीय राम साउदलाई ०८१ चैत ६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले चैत ६ गते घरमा एक्लै भएको मौका छोपी बलात्कार गरेको र घटना बारे कसैलाई जानकारी गरे मारिदिने धम्की दिएको भए पनि पीडितकी आठ वर्षीया बहिनीले घटनाका बारेमा आमालाई जानकारी गरेपछि चैत ६ गते प्रहरीमा उजुरी गरेको पीडितका बुवाले बताउनु भयो ।
पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी कबिन्द्रसिंह बोहराले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ७ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।