INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

५८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा वीरगञ्ज उपमहानगरपालिका-३२ चोर्नि टोल का ४० वर्षीय मेघनाथ यादबलाई प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितले पीडित महिलालाई चैत ३ गते घरमा बसिरहेको अवस्थामा बलात्कार प्रयास गरेको भन्दै पीडित महिलाले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा उजुरी दिएको र उक्त उजुरीको आधारमा सोहि दिन आरोपितलाई गिरफ्तार गरी जिल्ला अदालतबाट ६ दिनको म्याद थप गराइ अनुसन्धान गरिरहेको एसपी गौतम मिश्रले जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण चैत ३ गते नारायणीमा अस्पताल भयो ।

अन्य

भिडियो